11 महिना अगाडी
2082-02-29
नेपाल सरकारको अध्यागमन सम्बन्धी नीति एवम् कानुनको कार्यान्वयन गरि अध्यागमन ब्यवस्थापन गर्ने प्रमुख जिम्मेवार निकायको रुपमा अध्यागमन विभागको स्थापना भएको हो। अध्यागमन विभागले अध्यागमन ऐन २०४९, अध्यागमन नियमावली २०५१ र अध्यागमन कार्यविधि २०६५ बमोजिम आफ्नो कार्यलाई व्यवस्थित गर्दै आएको छ।यस विभाग अन्तर्गत प्रवेश तथा प्रस्थान विन्दुमा स्थापित भएका १६ वटा अध्यागमन कार्यलयहरुबाट देशको अध्यागमन सम्बन्धी कार्यहरु भइरहेको छ।साथै अध्यागमन सम्बन्धी केही कार्यहरु परराष्ट्र मन्त्रालय, बिदेशस्थित दुतावासहरु तथा महावाणिज्यदुतावासहरुबाट समेत सम्पादन हुने गर्दछ।
बिदेशीलाई नेपाल प्रवेशको लागि भिसा उपलब्ध गराउने वा प्रवेशको स्वीकृति दिने, भिसाको म्याद थप गर्ने,बिदेशीलाई पर्यटकिय क्षेत्रमा पदयात्रा अनुमति दिने, बिदेशीको नेपालमा हुने उपस्थितिको व्यवस्थापन, अनुगमन र नियन्त्रण गर्ने, नेपालीहरुको बिदेश प्रस्थान र आगमनलाई ब्यवस्थित गर्ने लगायतका कार्यहरु अध्यागमन विभागले सम्पादन गर्दै आएको छ।
कार्यालय समय:-
आइतबार देखि बिहीबार : १०:३० - ५:०० सम्म (गर्मीमा )
आइतबार देखि बिहीबार : १०:३० - ४:०० सम्म ( हिउँदमा:- नोभेम्बर देखि जनवरी सम्म)
शुक्रवार: १०:३० - ३ :०० सम्म (गर्मीमा )
शुक्रवार: १०:३० - २ :०० सम्म ( हिउँदमा:- नोभेम्बर देखि जनवरी सम्म)
भिषा आवेदन समय:
आइतवार देखि बिहीबार सम्म: १०:३० - ३:०० सम्म
शुक्रवार: १०:३० - २:०० सम्म
११ देखि १ बजे सम्म ( शनिवार र अन्य सार्बजनिक बिदाका दिनमा )